नारायणीमा हाम फालेर युवक वेपत्ता
चोरमारा । आईतबार दिउसो नवलपरासी पूर्व नवलपुरको नारायणी नदी पुलबाट हाल फालेर रुपन्देही देवदहका स्थानीय एक युवक वेपत्ता भएका छन् ।
दिउसो करिव १२ वजे गैंडाकोट स्थीत नारायणी पुलबाट रुपन्देही जिल्ला देवदह नगरपालिका–१० का २४ वर्षीय बिक्रम खत्री वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी दिलिप कुमार गिरीले बताउनुभयो ।

युवकले हाल फालेको स्थानमा फेला परेको झोलाबाट युवकको परिचय खुलेको उहाँले बताउनुभयो । घटना लगतै उनको खोजि कार्य जारी रहेको भएपनि फेला नपरेको गिरीले बताउनुभयो ।