गोरु काटेको आरोपमा तीन जना पक्राउ
स्याङ्जा, भदौ २१ । स्याङ्जामा गोरु काटेको आरोपमा प्रहरीले स्याङ्जाको भिरकोट ढापुकफेदीबाट ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी दहथुमबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
गएराती १ बजेको समयमा गोरु काटेर भागबण्डा लगाउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

आरोपीहरुमाथि पशुपन्छी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।