मोबाईलमा अनलाईन गेम खेल्न नदिएकोमा छोराद्वारा बाबुको हत्या


हालै भारतको गुजरातको सूरतमा एक १७ बर्षिय छोराले मोबाइलमा अनलाइन गेम खेल्न नदिने आफ्नो बुवाको घाँटी थिचेर हत्या गरेको भारतीय संचार माध्यमले जनाएका छन्। गुजरातको सुरतमा यो घटना घटेको थियो।



अस्पतालमा चिकित्सकले मृतकको मृत्यूको कारण घाँटी थिचेर भएको प्रहरीलाई जानकारी दिएपछि प्रहरीले विभिन्न व्यक्तिसंग सोधपुछ गरेको थियो। यसैक्रममा छोरासंगको सोधपुछ पछि उनले गल्ती स्विकारेको कारण घटनाको वास्तविकता सार्वजनिक भएको थियो।

 




भारतमा बालबालिका तथा किशोरहरुमा मोबाईलमा अनलाईन गेम खेल्नेक्रम वर्षेनी बढदै गएको पाईएको छ।



सम्बन्धित
Loading...