नारायणीमा मोटरवोट चले पछि सुस्ता यात्रा सहज  




गोपी ज्ञवाली –

परासी । पश्चिम नवलपरासीको नारायणीमा मोटरजडित डुंगा संचालन आए पछि नारायणी पारीको सुस्ता यात्रा अहिले सहज बनेको छ ।




भारतीय अतिक्रमणको चपेटामा परेको पश्चिम नवलपरासीको सुस्तामा नेपाल तर्फबाट जानका लागि नारायणी नदिको चौडा र जोखिापुर्ण धार सामान्य डुङगामा चडि जानु पर्ने अवश्था रहेकोमा अहिले नारायणी नदीमा मोटरजडित डुंङगा संचालनमा आए पछि सुस्तावासीहरुलाई वा अन्य यात्रुहरुलाई पनि भारतीय अतिक्रमित सुस्ता पुग्न सजिलो भएको सुस्ता गाउँपालिका वार्ड नम्बर ५ सुस्ताका प्रमुख रामप्रसाद पाण्डेले बताउनु भएको छ ।

भारतीय अतिक्रमित सुस्ता तिन तर्फबाट नारायणी नदीले घेरीएको र पुर्वदक्षिण तर्फबाट भारतीय सिमानासंग जोडिएको भु खण्ड भएको रुपमा रहेको छ । तीन तर्फबाट नारायणी नदि र एक तर्फबाट भारतीय सिमनाले घेरीएको अवश्थामा सुस्ताका स्थानियवासीहरुलाई सुस्ता पुग्नका लागि या त भारतीय बाटो प्रयोग गरेर जानु पर्ने वा नारायणी नदिमा जोखिमपुर्ण डुंगा यात्रा गर्नु पर्ने अवश्था रहेको थियो ।

हातले खियाएर चल्ने सामान्य प्रकृतिका ढुंगाहरु नरायणी नदीमा संचारन हुदै आएको भए पनि गत माध देखी नारायणी नदीमा मोटर जडित आधुनिक डुंगा संचालनमा आए पछि सुस्ता (मुल सुस्त) जाने यात्रा सहज भएको सुस्ता गाउँपालिका वार्ड नम्बर ५ सुस्ताका स्थानियवासी कमल हरिजनले बताउनु भएको छ ।

सुस्ताका स्थानियवासी कमल हरिजनका अनुसार सुस्ता गाउँपालिका पकलिहवाका स्थानिय एकजना ब्यापारी रामअवतार बनियाँले भारतको विहारमा बनेको आधुनिक मोटरजडित डुंगा संचालमा ल्याए पछि सुस्तावासीहरुले सहज रुपमा सुस्ता आवात जावत गर्न पाएका छन ।

ठुलो आकारको यो मोटरजडित डुंगामा एक पटकमा ४३ टन सम्मको भारी सामान समेत बोक्न सक्ने भए पछि अहिले सुस्तावासीहरुले मोटरबोटमा चडाएर सुस्तामा बाटो खन्नका लागि आवश्यक पर्ने ईकावेटर, ट्रयाक्टर, टाली लगाएतका यन्त्रहरुबाट लिएर मोटरसाईकल, साईकल लगाएतका सामानहरु सुस्ता लैजाने गरेका छन भने सुस्ताबाट सुस्ताको मुख्य कृषि उत्पादकको रुपमा रहेको उखु, भेली, तोरी लगाएतका खाद्ययान्नहरु यो डुंगाबाट तार्ने गरेका छन ।

सामान्य अवश्थामा नारायणी नदीको पानीको चौडाई करिब १५ सय मिटर रहने गरेको छ भने नारायणी नदीमा बाढी आएको बेलामा नारायणी नदीको चौडाई डेड किलो मिटर सम्म हुने गरेको छ ।

 



सम्बन्धित
Loading...