कावासोतिमा संक्रमित संख्या २०४३,
नवलपुरको कावासोतीमा आज ६ जना नयां संक्रमित थपिएका छन् ।
कावासोती नगरपालिकाको स्वास्थ्य कार्यालयका अनुसार कावासोतीमा आईतबार सम्म २०३७ जना कोरोना संक्रमित रहेकोमा आज ६ जना थपिएसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या २०४३ पुगेको छ

कावासोतीमा कोभिडका काराण ५३ जनाले ज्यान गुमाईसकेका छन् त्यसैगरी कावासोतीमा आज ५ जनाले कोरोना जितेका छन् भने हाल सम्म १९३६ जनाले कोरोना जितिसकेका छन् ।
कावासोतीमा अहिले सक्रिय संक्रमितको संख्या ५४ रहेको छ ।