देवचुलीबाट डेढलाख नगद सहित ५ जना जुवाको खालबाट पक्राउ




कृशला सापकोटा –

देवचुली (नवलपुर) । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १७ बाट नवलपुर प्रहरीले तास खेलिरहेका ५ जनालाई १ लाख ५० हजार ८ सय ५० रुपैयाँ नगद सहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।




तीन बुक तास सहित उनीहरुलाई पक्राउ गरेको नवलपुर प्रहरीले जनाएको छ ।

प्रहरीले देवचुली–१७ बस्ने बर्ष ३६ को कमल महत्तो, देवचुली–१६ बस्ने बर्ष ३५ को सन्तोष सिग्देल, ४९ को गोबिन्द थनेत, बर्ष ५८ को हिरा महत्तो र बर्ष ४३ को मणिराम महत्तो रहेका छन् ।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको नवलपुर प्रहरीका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताए ।



सम्बन्धित
Loading...