नवलपरासीबाट माधन नेपाल नेतृत्व पार्टीमा सनाखत गर्ने १ जना ÷ठाकुरको पार्टीमा शुन्य
हरि शर्मा
परासी, २२ भदौं . पश्चिम नवलपरासीमा नेकपा एमाले त्यागेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दल रोज्ने एक जना मात्र जनप्रतिनिधि रहेका छन् ।
त्यसैगरी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी त्यागेर महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा भने कुनै पनि जनप्रतिनिधि गएका छैनन् ।
जिल्ला निर्वाचन कार्यालयमा पुगेर माधव नेपाल नेतृत्वको पार्टीमा सनाखत गर्ने २ मध्ये १ जनाले सनाखत फिर्ता लिएका हुन् । सनाखत गर्नेमा बर्दघाट नगरपालिका–९ का वडा अध्यक्ष चन्द्रकान्त चापागाई छन् । वडा नं. २ का सदस्य कृष्ण प्रसाद पाण्डेले सुरुमा सनाखत गरेपनि पछि फिर्ता लिएका हुन् । सनाखत फिर्ता स्विकृत गर्न नमिल्ने भएकाले उक्त पत्र आयोगमा पठाउने जिल्ला निर्वाचन अधिकारी सुजाता खत्रीले बताईन् ।
। जिल्लामा ७ स्थानीय तह छन् । तिमध्ये नेकपा एमालेका १ मेयर, २ उपमेयर तथा १÷१ जना गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित १ सय २५ जना जनप्रतिनिधि छन् । जिल्लाबाट संघ, प्रदेश र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्नेमा स्वतन्त्र राजनीतिक समुहको नाउँबाट सूर्य चुनाव चिन्ह लिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वमन्त्री हृदयेश त्रिपाठी र सोही समुहबाट निर्वाचित प्रदेश सभा सदस्यबाहेक ४ जना छन् । जसमा २ प्रदेशसभा सदस्य र २ जना राष्ट्रियसभाका समानुपातिक सासंद छन् ।
त्यस्तै ७ वडाअध्यक्षसहित ३२ जना स्थानीय तहमा निर्वाचित भएका तत्कालीन मधेशवादी दलका जनप्रतिनिधिहरु कोही पनि ठाकुर नेतृत्वको पार्टीमा गएका छैनन् ।
स्थानीय चुनावमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)ले बहिष्कार गरेपनि उपेन्द्र यादवको संघीय समाजवादी फोरम र विजय गच्छदारको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले भाग लिएका थिए । उक्त दलहरुबाट संघ, प्रदेश र राष्ट्रिय सभामा जिल्लाबाट प्रतिनिधित्व छैन ।
पूर्वी नवलपरासीमा शुन्य
पूर्वी नवलपरासीमा भने कोही पनि जनप्रतिनिधि माधव नेपाल नेतृत्वको दलमा गएका छैनन् । तत्कालीन मधेशवादी दलबाट भने कोही पनि निर्वाचित भएका थिएनन् ।
https://www.youtube.com/watch?v=nrL8W267-iY&t=6s