हुप्सेकोट गाउँपालिका ३ मा मतदानको बाकस नै फालेपछि मतदान प्रकिया रोकियो


पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ३ मा कांग्रेसको वडा अधिवेशनमा मतपत्रको बाकस नै फ्याकिए पनि निर्वाचन प्रक्रिया रोकिएको छ ।



वडा सभापतिका उमेद्वारहरुबीच भनाभन भएपछि झडपको स्थिति सिर्जना भएको थियो  । कुटपिट र झडप नै नभए पनि मतपत्र खसाल्ने बाकस नै फ्याकिए पनि मतदान नै रोकिएको हो ।

वडा सभापति, वडा उपसभापति तथा खुल्ला क्षेत्रीय प्रतिनिधिका लागि मतदान हुँदै गर्दा दुई समूह बीच झगडा भएको हो ।




वडा सभापतिमा शोभाकान्त लामिछाने र धन बहादुर गुरुंगको उम्मेदवारी परेको थियो । त्यस्तै वडा उपसभापति पदका लागि ३ जनाको उम्मेदवारी परेको थियो । जसमा २ जना मात्र छनौट हुने थिए । उपसभापति पदका लागि दुर्गा बहादुर रानाभाट, प्रकाशचन्द्र केसी र श्रीराम सुवेदीको उम्मेद्वारी परेको थियो ।
त्यसैगरी क्षेत्रीय प्रतिनिधिका लागि खस आर्य तर्फ १० पुरुषका लागि १९ जनाको उम्मेदवारी दर्ता भएर मतदान भईरहेको अवस्थामा विवाद भए पछि रद्द भएको हो ।

५५ मत खसेपछि सभापति पदका उम्मेदवारहरु बीच विवाद उत्पन्न हुँदा गुरुङ पक्षकाले मतदानको बाकस फालेपछि मतदान प्रक्रिया रद्द भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

सोमबार २१ गते हुप्सेकोट ३ मा सहमति जुट्न नसकेपछि मंगलबार २२ गते विहानबाट मतदान शुरु गरिएको थियो । हुप्सेकोटका अन्य वडामा भने सर्वसम्मत वडा अधिवेशन सकिएको छ ।

 



सम्बन्धित
Loading...