एमसीसी विरुद्ध क्रान्तिकारी माओवादीको बर्दघाटमा प्रदर्शन


बर्दघाट (नवलपरासी) । नेकपा (क्रान्तिकारी माओवादी) र देशभक्त जनगणतन्त्रिक मोर्चा पश्चिम नवलपरासीले एमसीसी परियोजना विरुद्ध पश्चिम नवलपरासीको बर्दघाटमा बिरोध प्रदर्शन गरेका छन् ।



बर्दघाटको टिसिएन चोकबाट नाराजुलुस सहित निकालिएको ¥यालीले हाटबजार हुँदै बसपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो ।

एमसिसि खारेज गर, वैदेशिक हस्ताक्षेप बन्द गर लगायतका नाराबाजी गर्दै निकालिएको जुलुस पछिको कोणसभामा बोल्ने बक्ताहरुले एमसिसि राष्ट्र बिरोधी रहेको बताएका थिए ।




कार्यक्रममा क्रान्तिकारी माओवादीका प्रदेश सचिवालय सदस्य एवं जिल्ला सेक्रेटरी छबिलाल खरेलले वैदेशिक हस्तक्षेपको बिरुद्ध देशभक्तहरु एकजुट हुनुपर्ने बताए ।

त्यस्तै क्रान्तिकारी माओवादी प्रदेश सदस्य क्षेत्र बहादुर थापाले एमसिसि इन्डो प्यासिफिक रणनीतिको अङग रहेको बताए ।

कार्यक्रममा बोल्दै क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष एवं प्रदेश संयोजक रवि पान्डेयले एमसीसीको बिरुद्ध सबै वर्ग, समुदाय तथा पेशाका नागरिकहरु एकताबद्ध भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका नेता रामचन्द्र पोखरेल, नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सचिवालय सदस्य चुडामणि भण्डारी लगायतले मन्तव्य राखेका थिए ।

क्रान्तिकारी माओवादिले एमसीसीको विरुद्ध चरणबद्ध आन्दोलन गर्ने जनाएको छ ।

त्यसैगरी मंगलबार देशभक्त जनगणतान्त्रिक मोर्चा लगायतका २२ दलिय मोर्चाले पोखरा र बुटवलमा पनि एमसीसी विरुद्ध प्रदर्शन गरेका थिए ।



सम्बन्धित
Loading...