बाढी पीडित परिवारलाई राहत वितरण




परासी । पाल्हिनन्दन गाउँपालिकामा बाढी प्रभावित तथा गरिब परिवारहरुलाई राहत वितरण गरिएको छ ।

एविसि नेपाल स्ट्रोम फाउन्डेसनको आर्थिक सहयोग र पाल्हिनन्दन गाउँपालिकाको समन्वय तथा लालीगुराँस किशोर किशोरी संजालको आयोजनामा बाढी प्रभावित तथा गरिब परिवारजनलाई राहत सामाग्री वितरण गरिएको हो ।




संजालका अध्यक्ष विशाल कुमार गौतमको अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) को प्रमुख अतिथतामा ४० घरधुरीलाई राहत स्वरुप खाद्यान्न तथा सनेटरी प्याड लगायतका सामाग्री वितरण गरिएको हो ।

अध्यक्ष गुप्ताले बाढी प्रभावित तथा गरिब परिवारलाई परेको प्राकृतिक मर्काले एक छाक टार्न कठिन भएको बताउँदै छाक टार्नको लागि बाढी प्रभावित तथा गरिब परिवारजनलाई पालिकाको तर्फबाट र आपूm स्वयम् सधै साथ सहयोग गर्ने बताए ।
प्रति घरधुरीलाई चामल ५० किलो, मसुरो दाल २.५ किलो, रहर दाल २.५किलो, चिउरा २ किलो, खाने तेल २ लिटर, नुन २ किलो र सेनेटरी प्याड ५ पोका लगायतको सामग्री ४० घरधुरीलाई वितरण गरिएको थियो ।



सम्बन्धित
Loading...