दाउन्नेमा दुई वटा ट्रक ठक्कर खाँदा १ जनाको मृत्यु, ३ घाइते


 



नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेको घ्यू खोलामा दुई वटा ट्रक एक आपसमा ठक्कर खाँदा १ जनाको निधन भएको छ भने ३ जना घाइते भएका छन् ।

नवलपुर प्रहरीका अनुसार बुटवलबाट नारायणगढ आउँदै गरेको प्रदेश ३०–१–००३ क ४९४३ नम्बरको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको ना ५ ख ५६६८ नम्बरको ट्रकले ठक्कर दिँदा ठक्कर दिने ट्रक सहचालकको निधन भएको हो ।




दुर्घटनामा परी गम्भीर घाइते मोरङका २५ बर्षीय सुरधार चौधरीको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा गएराति निधन भएको हो । अन्य ३ जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

सडक भने एकतर्फी सञ्चालनमा रहेको दुम्किबास प्रहरीले जनाएको छ ।

 



सम्बन्धित
Loading...