१० किलो गाँजासहित एक जना पक्राउ
प्रहरीले १० किलो गाँजासहित बिहीबार राति विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनकुटा सहिदभूमि गाउँपालिका-७ का २४ वर्षीय सागर राई छन्।

सिआरभी पोस्ट भट्टाचोकबाट खटिएको टोलीले बिहीबार राति ८ बजे राईलाई पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए।
सार्वजनिक सवारी चेकजाँचको क्रममा राई पक्राउ परेको उनले बताए।
राईलाई हिरासतमा लिएर अनुसन्धान थालेको छ।