एम.सी.सी. पारित गर्न मरिहते गरेको भन्दै प्रम देउवाको शब र्याली निकालियो (फोटो फिचर)




नवलपरासी२५ भाद्र : एम. सि.सि पारित गर्न कम्मर कसेर लागेको भन्दै नेकपा क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीले प्रधानमन्त्री शेर बहादुर देउवाको शब र्याली निकालेर पुत्ला जलाएको छ ।

बर्दघाट ४ दिब्यनगर बाट निकालिएको र्याली शान्तिनगर चोकमा पुगेर पुत्ला दहन गरेर कोण सभामा परिणत भएको थियो ।




एम सि सि सम्झौता खारेज गर ! देश बेच्न पाइदैन !! लगायतको नाराबाजी सहित निकालिएको जुलुसमा शन्ख समेत बजाइएको थियो । कोण सभामा क्रान्तिकारी माओवादी जिल्ला सचिवलय सदस्य तथा बर्दघाट नगर इन्चार्ज चुडामणि भण्डारीले बोल्नु भएको थियो ।



सम्बन्धित
Loading...