क्रान्तिकारी माओवादी पश्चिम नवलपरासी द्वारा अभियान उदघाटन




परासी – मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओबादी) पश्चिम नवलपरासीले राजनैतिक बैचारिक; सम्पर्क ; संगठन र सङघर्स ( रा.स.स.स) डेढ महिने अभियान उद्घाटन गरेको छ ।

शुक्रबार बर्दघाट ४ दिब्यनगरमा जिल्ला भेला गरि माओवादीले अभियान उदघाटन गरेको हो । अभियान उदघाटन सत्रमा क्रान्तिकारी माओवादी जिल्ला सेक्रेटरी चोलाले अभियानको कार्ययोजना प्रस्तुत गर्नु भएको थियो ।




सो अवसरमा क्रान्तिकारी माओवादी प्रदेश सदस्यद्वय संकल्प र समरले अभियान बारे प्रकाश पार्नु भएको थियो ।

अभियान कार्तिक २६ गते सम्म संचालन हुने र अभियानबाट जिल्लाको सबै स्थानीय तहमा पार्टी कमिटी सुदृढ र बिस्तार हुने जिल्ला सचिवालय सदस्य न्युक्लियसले जानकारी दिनुभयो ।

उदघाट्न कार्यक्रममा बर्दघाट नगर सह सेक्रेटरी आकाश स्वागत मन्तब्य रहेको थियो । त्यस्तै अभियानकै क्रममा बर्दघाट नगर समितिको बैठक सम्पन्न भएको नगर सेक्रेटरी क्रान्तिले बताउनुभयो । अभियान उदघाटनकै दिन क्रान्तिकारी युवा लिग बर्दघाट ४ वडा कमिटी बिस्तार गरिएको छ ।

नर बहादुर रानाको संयोजकत्वमा गठन भएको २१ सदस्यीय कमिटीमा दिपक नेपाली; बुदे गुरुङ; सुमन सुनार ; श्याम बिक ; सन्जय थापा; अमिर गुरुङलगायत रहेको लिगका जिल्ला उपाध्यक्ष राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।



सम्बन्धित
Loading...