एमालेको स्थायी कमिटी बैठक सुरू


प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटीको बैठक सुरू भएको छ।



बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा सुरू भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेबरहादुर तामाङले जानकारी दिए।

बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन) र चालु संसद अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने उनले जानकारी दिए।




यसअघि एमाले स्थायी कमिटी बैठक हिजै (शुक्रबार) अपराह्न ४ बजे बस्ने भनिए पनि संसद बैठक लम्बिएपछि स्थगित भएको थियो।



सम्बन्धित
Loading...