‘एमाले चितवनको जेठ २ अघिका सम्पूर्ण संरचना ब्युँतिए’


 



भरतपुर । नेकपा एमाले चितवनको सम्पूर्ण संरचना २०७५ जेठ २ अघिको अवस्थामा फर्किएको छ । नेकपा एमाले चितवनका इन्चार्ज तथा बागमती प्रदेशका सहसंयोजक काशीनाथ अधिकारीले नेकपा एमाले चितवनको सम्पूर्ण संरचना २०७५ जेठ २ अघि फर्केको बताए ।




उनले भने, ‘एमालेको जिल्ला कमिटीदेखि सबै भातृ संस्थाहरु अब जेठ २ अघि फर्कन्छन् । जेठ २ अघिको कमिटीले कसरी अगाडि बढ्ने भन्ने निर्णय गरेर पार्टी अगाडि बढ्छ ।’

उनका अनुसार जेठ २ अघिको नेकपा एमालेको जिल्ला कमिटीको बैठक भाद्र २८ गते ११ बजे पार्टी कार्यालय मदननगरमा बस्नेछ । उनले भने, ‘जेठ २ अघिको संरचनाअनुसार कृष्णभक्त पोखरेलको अध्यक्षतामा जिल्ला कमिटीको बैठक बस्नेछ ।’ सहसंयोजक अधिकारीले जिल्ला कमिटीमात्र नभई अन्य कमिटीहरु पनि जेठ २ अघि फर्केको बताए । उनले भने, ‘कुनै कमिटीमा समस्याहरु आउन सक्छ, तर हामी हल गरेर अघि बढ्छौँ, कमिटीहरुमा थपघट गर्नुपर्ने अवस्था आए पनि जेठ २ अघिको कमिटीले निर्णय गर्नेछ ।’

उनले चितवनमा मात्र नभई बागमतीका १३ वटा जिल्लामा नेकपा एमालेले १० बुँदे सहमतिअनुसार २०७५ जेठ २ अघिको संरचनालाई ब्युँताएको बताए । उनले भने, ‘कतै कुनै प्राविधिक कारणले केही समस्या भएका छन्, तर सबै एमालेका कमिटीहरु जेठ २ अघिको अवस्थामा फर्केका छन् ।’

नेकपा एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले सामाजिक सञ्जालमा २०७५ जेठ २ अघिको नेकपा एमालेको बैठक भदौ २८ गते पार्टी कार्यालय मदननगरमा बस्न लागेको जानकारी दिएका छन् । उनले जिल्ला कमिटीका सम्पूर्ण सदस्यहरुलाई बैठकमा आउन आह्वान गरेका छन् ।

 

 



सम्बन्धित
Loading...