भनसुनमा प्रहरीमा जागिर लगाएको दाबी गर्ने नेविसंघका कार्यकर्ता पक्राउ
गृहमन्त्री बालकृष्ण खाँणलाई भनेर प्रहरीमा नाम निकालिदिएको दाबी गर्ने नेपाल विद्यार्थी संघमा आवद्ध एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्युठानको ऐरावती गाउँपालिका–१ दाङबाङ घर भएका नरेन्द्र गुरुङलाई पक्राउ गरिएको प्युठानका डिएसपी सुनिल मल्लले बताए ।

गुरुङलाई प्युठान नगरपालिका–१ स्थित जुम्रीबाट पक्रेर आवश्यक अनुसन्धान शुरु गरिएको डिएसपी मल्लले बताएका छन् ।