नवलपुरको फुटबल टिम सि डिभिजन छनौट खेलका लागि काठमाडौं प्रस्थान




नवलपुर । पूर्वी नवलपरासीका कावासोती ३ अठ्ठाईस विगाहामा रहेको अइठाइस विगाहा युवा क्लबको फुटबल टोली सि डिभिजन लिग फुटबल छनौट प्रतियोगितका लागि काठमाडौं प्रस्थान गरेको छ ।

नवलपुरका खेलाडीहरु सम्मिलित टोलीलाई शनिबार विहान कावासोती ३ का वडा अध्यक्ष अमृत श्रेष्ठले विदाई गरेका हुन् ।




क्लबले २८ गते छनौट चरणको पहिलो खेल खेल्ने छ । खेलाडी सहित २५ जना टोली काठमाडौं प्रस्ताथ गरेको क्लबका अध्यक्ष महेष अधिकारीले बताए ।

 



सम्बन्धित
Loading...