पछिल्लो २४ घण्टामा १० जना नयां सक्रमित थपिए


नवलपुरमा कोभिड १९ को सक्रिय संक्रमितको संख्या घटेको छ । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार सक्रिय संक्रमितको संख्या १ सय २० रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा १० जना नयां सक्रमित थपिएका छन् ।



स्वास्थ्य कार्यालय नवलपुरका अनुसार सोमबार गैडाकोटमा ६, देवचुलीमा ३, मध्यविन्दुमा १ गरी १० जना नयां संक्रमित थपिएका हुन् । नवलपुरमा हाल सम्म ७९१२ मा एन्टिजेन परिक्षण गरेकोमा २ हजार १ सय १९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

त्यसैगरी आज ५ जना संक्रमित निको भएका छन् भने हाल सम्म निको हुनेको संख्या ७९१९ पुगेको छ
कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६९ पुगेको छ ।

 



सम्बन्धित
Loading...