प्राध्यापक भन्दै ठग्ने डा. ज्ञानेन्द्र गिरीमाथि कारवाही हुने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. ज्ञानेन्द्र गिरी प्राध्यापक नभएको ठहर गरेको छ । मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै गिरी प्राध्याक नभएको ठहर गरेको हो । मन्त्रालयले उनीमाथि कारवाहीको प्रक्रिया अगाडी बढाइएको पनि जनाएको छ ।
सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षले उठाएका माग पुरा गर्ने प्रक्रिया अगाडि बढाइसकेकोले आन्दोलन फिर्ता लिन पनि अनुरोध गरेको छ । मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै केही मागहरू पुरा भइसकेको र केही पुरा हुने प्रक्रियामा रहेकाले आन्दोलन फिर्ता लिन माग गरेको हो ।

मन्त्रालयले पदाधिकारीको कारबाही प्रक्रिया सिनेटबाटै अघि बढाइने, अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्ने, अख्तियारले छानविन अगाडि बढाएको विज्ञप्ती मार्फत जनाइएको छ ।
मन्त्रालयले भदौ २० गतेदेखि आकस्मिक, कोभिड र पूर्वनिर्धारित परीक्षा बाहेकका सेवा अवरुद्ध रहेको भन्दै तत्कालै अवरुद्ध सेवा चलाउन गर्न आन्दोलनरत पक्षसँग आग्रह गरेको छ ।

प्रतिष्ठान शुद्धीकरणको माग राख्दै तीन महिनादेखि आन्दोलन भइरहेको छ । प्रतिष्ठानमा सुशासन, पारदर्शिता र स्वास्थ्य सेवामा सुधार लगायतका १२ बुँदे माग राख्दै त्यहाँ कार्यरत चिकित्सक, कर्मचारी र विद्यार्थीले एक महिनादेखि आन्दोलनरत जारी राखेका छन् ।