सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु
सदनको गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली अनुपस्थित छन् ।
राप्रपाका लिङ्देन उपत्यका बाहिर रहेकाले उपस्थित हुन नसकेको संसद सचिवालयले जनाएको छ । माधव नेपालसहित १४ जना सांसदको कारवाहीको विषयलाई लिएर एमालेले सभामुख र निर्वाचन आयोगमाथि प्रश्न उठाउँदै निरन्नतर संसद अवरुद्ध गरिरहेको छ । सभामुखको राजीनामा समेत मागेको छ । यहीँ बेला सभामुखले गतिरोध अन्त्यका लागि सम्वाद थालेका हुन् ।
