ट्रकको ठक्करबाट कपिलवस्तुमा एक जनाको मृत्यु, दुई घाइते


कपिलवस्तु-कपिलवस्तुमा ट्रकको ठक्करबाट एक जनाकाे मृत्यु भएकाे छ । दुई जना घाइते भएका छन् ।

 



बाणगंगा-८ चप्परगाँउमा मंगलबार बिहान ठक्कर दिने ग १ त ५६०३ नम्बरको ट्रककाे ठक्करबाट स्थानीय सुदीप थारुकाे ज्यान गएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप कार्कीले बताए ।

 

दुर्घटनामा कमल चौधरी र सुशील चौधरी घाइते भएका छन् ।

 




घाइतेका कपिलवस्तु सामुदायिक अस्पताल जितपुरमा उपचार भइरहेको छ । चालक प्रहरीको नियन्त्रणमा छन् ।



सम्बन्धित
Loading...