काँग्रेस नवलपुरको अधिवेशनको तालिका हेरफेर

कावासोती । पूर्वी नवलपरासीमा नेपाली काँग्रेसको वडा अधिवेशनमा केही वडामा सहमति जुट्न नसकेपछि त्यसको प्रभाव अन्य अधिवेशनलाई परेको छ ।
वडा अधिवेशन अधिकांश वडामा सहमतिमा टुंगिएको छ भने केही वडाहरुमा केही पदका लागि निर्वाचन भएको नेपाली काँग्रेस नवलपुरले जनाएको छ ।
केही वडामा सहमति हुन समय लागेपछि नेपाली काँग्रेस नवलपुरले नवलपुरमा अधिवेशनको तालिका भने हेरफेर गरेको छ ।
नेपाली काँग्रेस नवलपुरका अनुसार पालिकाहरुको अधिवेशन असोज ९ गतेलाई तय गरिएको छ। त्यसैगरी प्रदेश सभा स्तरीय क्षेत्रीय अधिवेशन असोज १२ गते, संघीय स्तरीय क्षेत्री अधिवेशन असोज १५ गतेलाई तय गरिएको छ भने नवलपुरमा जिल्ला अधिवेशन असोज १८ गते हुने नेपाली काँग्रेस नवलपुरका कार्यालय सचिव गोपाल वस्ताकोटीले बताए ।
अधिवेशनले नवलपुरमा अधिवेशनले १ हजार ८ सय ४२ जना क्षेत्रीय प्रतिनिधि छनौट गरेको छ। गैडाकोट नगरपालिकाबाट ४ सय २० जना, कावासोती नगरपालिकाबाट ३ सय १३ जना, देवचुली नगरपालिकाबाट २ सय ६५ जना, मध्यविन्दु नगरपालिकाबाट २ सय २० जना, बुलिङटार गाउँपालिकाबाट १ सय १० जना, हुप्सेकोट गाउँपालिकाबाट १ सय जना, बौदीकाली गाउँपालिकाबाट ९० जना र विनयी त्रिवेणी गाउँपालिकाबाट १ सय ४५ जना क्षेत्रीय प्रतिनिधि छनौट गरेको छ।
त्यसैगरी ९२ वटा वडाका वडा सभापति पनि स्वतः क्षेत्रीय प्रतिनिधिमा छनौट हुने, प्रदेश सभा सदस्य र संघीय सभा सदस्यमा उमेद्वार भएका १४ जना र प्रत्येक पालिकाबाट २÷२ जना आरक्षण गरी १६ जना प्रतिनिधि हुने प्रावधान रहेको छ ।