बाल दिवसमा कविता प्रतियोगिता

परासी । राष्ट्रिय बाल दिवस २०७८ को अवसरमा जिल्ला स्तरीय मावि तह कविता प्रतियोगिता भएको छ । नेपाल बाल संगठन पश्चिम नवलपरासीको आयोजनामा जिल्ला स्तरीय मावि तह कबिता प्रतियोगिता भएको हो ।
कोरोना संक्रमण र बालबालिकाको भोगाई बिषयमा सहभागीहरुले कविता वाचन गरेका थिए ।
कविता प्रतियोगितामा महाकवि देवकोटा मा.वि. सुनवलकी सरिन भण्डारी प्रथम, अन्नपूर्ण सेकेन्डरी स्कुल सुनवलकी रिषा भट्टराई द्वितीय र राजमहात्मा पूर्ण भद्र माबि बर्दघाटकी आरती पाण्डे तृतीय भएका थिए ।
प्रतियोगितामा जिल्लाका २३ मावि तहका विद्यालयबाट विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
नेपाल बाल संगठन पश्चिम नवलपरासीका सभापति पृतम पौडेलको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।