लुम्बिनीका पत्रकार चौहानको निधन




बुटवल, ३० भदौ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य तथा रुपन्देहीका क्रियाशील पत्रकार बिन्दुकुमार चौहानको निधन भएको छ ।

 

निमोनियाको उपचारका क्रममा ४५ वर्षीय चौहानको मंगलवारराति युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा निधन भएको हो । तीन दिनअघि निमोनिया देखिएपछि चौहानलाई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएकामा अवस्था गम्भीर भएसँगै मेडिकल कलेजमा भर्ना गरिएको पत्रकार महासंघले जनाएको छ ।

 




चौहान नेपाल पत्रकार महासंघका पूर्वकार्यसमिति सदस्य रहेका थिए । दुई दशकदेखि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेर पत्रकारिता गर्दै आएका चौहानका श्रीमती, चार छोरा र तीन छोरी छन् ।

 

चौहानको निधनप्रति नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समिति र रुपन्देही शाखाले दुःख व्यक्त गरेको छ । रासस



सम्बन्धित
Loading...