सुस्तामा भाले गैंडा मृत अवस्थामा फेला




पश्चिम नवलपरासीको सुस्तामा भाले गैंडा मृत अवस्थामा फेला परेको छ ।

 

सुस्ता गाउँपालिका नर्सही स्थित नारायणी नदिको ठोक्कर न १३ र १४ को बिच नारायणी नदिको छेउमा मृत गैंडा स्थानीयले देखेपछि नर्सही प्रहरी र बन कार्यालयमा खबर गरेका थिए ।

 




मृत रहेको भाले गैंडालाई सशस्त्र सुरक्षा शाखा क्याम्प बडेरा पश्चिम नवलपरासीमा पठाएको सब बन डिभिजन कार्यालय प्रतापपुर सुस्ताका निमित्त प्रमुख चीन बहादुर यादवले बताए ।

 

निमित्त प्रमुख यादवको अनुसार सो गैंडा बृद्धअबश्था भएको कारणले पानीले बगाएर मृत भएको हुन सक्ने बताए  ।



सम्बन्धित
Loading...