दाङमा बालिकामाथि सामूहिक बलात्कार


दाङमा एक बालिकामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ ।

 



जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१३ स्थित शितलपुरमा रहेको एक होटलमा बालिकामाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको हो ।

 

गएको भदौ २७ गते दिउँसो करिब ४ बजे १४ वर्षकी बालिकामाथि सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

 




बालिकालाई दुई जनाले प्रलोभनमा पारेर होटलमा लगेर सामूहिक बलात्कार गरेको डिएसपी अर्यालले बताए ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कैलाली घर भई हाल तुलसीपुर उपमहागनरपालिका–११ बेलटाकुरामा बस्दै आएका २२ वर्षीय विष्णु सुनारलाई पक्राउ गरेको छ । उनलाई शान्तिनगर गाउँपालिका–५ रगैचाबाट दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

 

घटनामा संलग्न अर्का युवक भने फरार रहेका छन् । बालिकाको अत्याधिक रक्तश्राव भएपछि घटना बाहिर आएको हो । बालिकालाई पानी पुरी खाने भन्दै मोटरसाइकलमा हालेर लगिएको थियो ।



सम्बन्धित
Loading...