सि डिभिजनमा कावासोतीको टिमले दुई खेल जित्यो

नवलपुर । सि डिभिजन फुटबल छनौट खेलमा सहभागी नवलपुरको कावासोतीमा रहेको अठ्ठाइस विगाहा फुटबल क्लबले २ वटा खेलमा जित हात पारेको छ ।
डाइनामाइट युवा क्लब काठमाडौं विरुद्धको खेलमा ३–० गोल अन्तरले अठ्ठाइस विगाहा फुटबल क्लब विजयी भएको छ ।
त्यसैगरी यस अघिको खेलमा फर्पिङ्ग खेलकुद विकास क्लबलाई अठ्ठाईस विगाहा क्लबले २–१ गोल अन्तरले पराजित गरेको थियो ।
प्रतियोगिताको छनौट खेल काठमाडौंमा जारी रहेको छ ।