सुनवलमा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु


पूर्व–पश्चिम राजमार्ग अन्र्तगत पश्चिम नवलपरासीको सुनवलमा राति मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

 



सुनवल–७ ज्यामिरेमा सडक विस्तारका क्रममा बनाईएको डाईभर्सनमा मोटरसाईकल पल्टिदा सुनवल वडा नम्बर ४ का २७ वर्षीय विष्णु चौधरीको मृत्यु भएको हो ।

सुनवलबाट बुटवल तर्फ जाँदै गरेका चौधरी चढेको लु ३७ प ६९५० नम्बरको मोटरसाईकल गएराति पौने ११ बजे तिर आफै अनियन्त्रीत भएर पल्टिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 




दुर्घटना पछि टाउकोमा चोट लागेर गम्भिर घाईते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको लागि लगिएपनि डाक्टरले मृत घोषित गरेकोे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

यसअघि सुनवलमै मोटरसाईकल डाईभर्सनबाट खस्दा केही महिना अगाडि पनि एक व्यक्तिको मृत्यु भएको थियो ।



सम्बन्धित
Loading...