कविता – संविधान – छन्द :- समानिका –

– रसज्ञ छहरा –
संविधान देशको
मूल कार्य मार्गको
गर्नुपर्छ के सबै
प्रष्ट पार्छ ती खुबै
लेख हो प्रमाण त्यो
लागु हुन्छ जान त्यो
गर्नुपर्छ पालन
देश रक्ष कानुन
देश हो चलाउने
भ्रष्ट दण्ड लाउने
गर्छ ती विकास है
देश मार्ग खास है
लोक चाहना सबै
गर्छ पूर्ण ती खुबै
संविधान मान है
बढ्छ कीर्ति जान है
रविवार ११:५२ बजे ०३ आश्विन २०७८
संविधान दिवस
कावासोती -३ नवलपुर, नेपाल