अवरुद्ध मुग्लिन–नौविसे सडक ११ घण्टापछि सञ्चालन




पहिरोका ​कारण अवरुद्ध मुग्लिन –नौविसे सडक सञ्चालनमा आएको छ ।

 

यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोला नजिकै खसेको पहिरोका कारण गएराति ११ बजेदेखि  दुईतर्फी अवरुद्ध बनेको सडक ११ घण्टापछि सञ्चालनमा आएको हो ।

 




सडक डिभिजन कार्यालयको दुई वटा लोडरले पहिरो पन्छाइ बिहान १० बजेदेखि सडक सञ्चालन गरिएको  इलाका  प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पहिरो पन्छाएसँगै सवारीसाधन  गन्तव्य तर्फ लागेका छन् ।



सम्बन्धित
Loading...