अपहरणमा परेका प्रदेश सांसद मल्ल प्रहरी सम्पर्कमा


अपहरणमा परेको भनिएका सुदुर पश्चिम प्रदेश सभाका सदस्य देवकी मल्ल प्रहरी सम्पर्कमा आएका छन् । उनीसँग फोन सम्पर्क भएको प्रहरीले जनाएको छ।



नारी दिवसको अवसरमा बझाङको बुंगल नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा सम्बोधनका लागि जाँदै गर्दा उनी अपहरणमा परेकी हुन् ।
शुक्रबार बिहान ११ बजे केदारसिउ गाउँपालिका सन्स्युबाट प्रदेश सांसद मल्ल अपहरण परेकी हुन् ।
बुंगल नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा सम्बोधनका लागि जाँदै गर्दा सांसद् मल्ल अपहरणमा परेकी थिइन् ।
विप्लव नेतृत्वको नेकपाले उनको अपहरण गरेको आशंका गरिएको छ तथापि यसको स्वतन्त्र पुष्टि भने भएको छैन । विप्लव नेतृत्वका नेकपा पार्टीका कार्यकर्ताहरुसँगको भेटघाट पछि उनी सम्पर्क विहिन भएकी थिइन ।
३÷४ जनाको समुहमा आएका समूहले सांसद मल्ललाई मुखमा कालो पट्टी बाँधेर जर्बजस्ती उठाएर लगेका थिए ।
बझाङको बुगल नगरपालिका बिजगडावाट अपहरणकारीले अपहरण गरेको बझाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक नयन सिंह साउदले बताए । प्रहरी अहिले घटनास्थल तर्फ जाँदै गरेकाले थप विवरण आउन बाँकी छ । संसाद देवकी मल्ल रहेको स्थानतर्फ प्रहरी जाँदै गरेको र त्यहाँ पुगेपछि थप विवरण आउने प्रहरीले जनाएको छ ।
देवकी २०७४ कार्तिकमा भएको प्रदेश सभा निर्वाचनमा बझाङ (ख) बाट माओवादी उम्मेदवारको रुपमा विजयी भएकी थिइन् ।



सम्बन्धित
Loading...