काङ्ग्रेस महाधिवेशन : कावासोतीमा ढकाल नेतृत्वमा पदाधिकारीको प्यानल घोषणा

कावासोती। नेपाली काङ्ग्रेस यहि असोज ९ गते सम्पन्न हुने नगर अधिवेशनका लागी शालिकराम ढकालको नेतृत्वमा पदाधिकारी सहितको प्यानल घोषणा भएको छ ।
बुधबार कावासोतीको होटल दियालोमा कार्यक्रमको आयोजना गरेर पदाधिकारी सहितको प्यानल घोषणा गरिएको हो ।
शालिकराम ढकालको नेतृत्वमा घोषणा गरिएको प्यानलमा उपसभापतिमा गोमाया खण्डलुक र धन बहादुर (डि.बि) चौधरी, सचिवमा विनोद राना मगर र झविन्द्र प्रसाद काफ्ले, सहसचिवमा भोजराज भुर्तेल (किरण) र गोविन्दमान श्रेष्ठ रहेका छ्न ।
उम्मेदवारी घोषणा कार्यक्रममा काङ्ग्रेसका जिल्ला स्तरका नेताहरु, विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधि तथा क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
नगर सभापतिका अर्का आकांक्षीका उम्मेदवार रामचन्द्र भण्डारी पनि सोही कार्यक्रममा सहभागी थिए ।