काँग्रेस अधिवेशनको तालिका परिवर्तन




नेपाली काँग्रेसले विभिन्न तहका अधिवेशन तालिका परिवर्तन गर्ने भएको छ । बुधबार बसेको काँग्रेस पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र संघीय अधिवेशन सार्न सहमति जुटेको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार असोज नौ गतेबाट सुरु हुने भनिएको पालिका अधिवेशन दसैँअघि सक्ने र बाँकी अधिवेशन दसैँपछि गर्ने सहमति भएको हो ।

 




यसअघि काँग्रेसले ९ गते पालिका, १२ गते प्रदेश निर्वाचन क्षेत्र, र १५ गते जिल्ला अधिवेशनसहित अन्य अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

 

योसँगै काँग्रेसको प्रदेश अधिवेशन पनि सर्ने देखिएको छ । काँग्रेसले आगामी मंसिरमा गर्ने राष्ट्रिय महाधिवेशनअघि वडादेखि प्रदेशसम्मका अधिवेशन सक्नुपर्नेछ ।



सम्बन्धित
Loading...