भातरबाट भन्सार छली ल्याइएका साढे १० लाख बढीको अवैध सामान बरामद




असोज ७ । 

साढे दश लाख बढीको अवैध सामान रुपन्देही प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र कार्यालय मातहतका प्रहरी इकाईहरुले १० लाख ५३ हजार ८ सय मूल्य बराबरको अवैध सामान बरामद गरेका हुन् ।

 




स्थानीयको रोहबरमा बरामद गरिएका सामान आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक भास्कर चन्दले बताउनुभयो ।

 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा नेपालतर्फ भन्सार छलेर ल्याउँदै गरेको कपडा लगायतका सामान बरामद गरेको हो ।

 

त्यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–१३ देवकोटाचोकस्थित नेशनल कुरियर सर्भिस सेन्टर भैरहवा शाखाका संचालक देवदह नगरपालिका–७ बस्ने ३८ वर्षिय हिरालाल भण्डारीले भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याएकोे मोबाइल १० थान, मोबाइलको ब्याट्री–५ प्याकेट, एयर फोन–१० पिस र विभिन्न किसिमका कपडाहरु गरी २ लाख बराबरको सामान बरामद गरेको छ ।

 

त्यसै गरी इलाका प्रहरी कार्यालय बेलहिया मातहत प्रहरी चौकी चनौलीबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरिएको २ लाख बराबरको ८ बोरा सुर्ति बरामद गरेको छ ।

 

त्यस्तै वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको टोलीले देवदह नगरपालिका–१ रानीबारीबाट चिनी ९ बोरा, अजिना १ बोरा, वेसन १ बोरा पापड १ बोरा गरी मुल्य ५१ हजार ४ सय बराबरको सामान बरामद गरेको हो ।

 

त्यसैगरी ईलाका प्रहरी कार्यालय मर्चवारमातहत प्रहरी चौकी दुबेथुमुवा र प्रहरी चौकी गुलरियाबाट खटिएको संयुक्त टोलीले भारतबाट ल्याउँदै गरेका कपडा बरामद गरेको छ ।

 

ईलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको टोलीले ३५ हजार बराबरको विभिन्न किसिमका लत्ताकपडाहरु बरामद गरेको छ ।

 

ईलाका प्रहरी कार्यालय लुम्बिनी मातहत प्रहरी चौकी सुक्रौली आमाबाट खटिएको टोलीले ४० लिटर १० हजार बराबरको पेन्ट ८ पिस बरामद गरेको हो ।



सम्बन्धित
Loading...