नवलपुरमा २७ हजार बढी भेरोसिल खोप आयो, अब पालो ४५ बर्ष माथि उमेर समूहको

रामकुमार श्रेष्ठ –
नवलपुर । भेरोसिल खोप चाइनिज दुई दिन अघि १९ हजार बढी र आज विहीबार ८ हजार बढी गरी २७ हजार बढी डोज खोप आइपुगेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
ति खोपहरु पहिले भेरोसिल खोप लगाएर दोस्रो डोज लगाउन बाँकी २१ दिन पुगेकालाई र ४५ बर्षदेखि माथि ४९ बर्षसम्मकालाई पहिलो डोज गरी लगाइने स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
अहिले आएको खोप ४५ बर्षदेखि ४९ बर्ष समूहका १४ हजार ५ सय जनालाई पहिलो डोज र १३ हजार पाँच सय डोज दोस्रो डोज लगाउन बाँकीलाई लगाइने छ ।
४५ बर्षदेखि ४९ बर्ष समूहका लाई पहिलो मात्रा
बुलिङटार ७०० डोज
बौदीकाली ७०० डोज
हुप्सेकोट ९०० डोज
विनयी त्रिवेणी १२०० डोज
गैडाकोट ३२०० डोज
कावासोती ३२०० डोज
देवचुली २२०० डोज
र मध्यविन्दु २४०० डोज
दोस्रो डोज कहाँ कति
गैडाकोट १८७५ डोज
देवचुली ११४५ डोज
कावासोती २२९५ डोज
मध्यविन्दु १८२५ डोज
विनयी त्रिवेणी १४०५ डोज
बुलिङटार १८९० डोज
बौदीकाली १८५० डोज
र हुप्सेकोट ८१८ डोज
कसले लगाए अहिलेसम्म खोप
नवलपुरमा अहिलेसम्म उमेर समूह अन्तरगत ५० बर्ष माथिका उमेर समूहका नागरिकले खोप लगाएका छन् ।
त्यसैगरी शिक्षक, स्नातक तहदेखि माथिका विद्यार्थी, १८ बर्ष पुरा भएका १०+२ अध्ययनरत विद्यार्थी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी (सरकारी निजी, बैंकिङ), पत्रकार, गाडी चालक सहचालक, उद्योग व्यवसायी, मजदुर (चौधरी उद्योगका ५ सय बढीले लगाउन बाँकी), एम्बुलेन्स चालक, जनप्रतिनिधिले खोप लगाएका छन् ।
अहिले आएको खोप ४५ बर्ष माथि ४९ बर्ष सम्मका उमेर समूहले खोप लगाउने छन् ।