एमाले नवलपुरले छान्यो विधान महाधिवेशन प्रतिनिधि (सूचि सहित)




कावासोती । नेकपा एमाले नवलपुरले विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिको नाम छनौट गरेको छ ।

 

नेकपा एमाले नवलपुरको बिहिवार बसेको जिल्ला कमिटि बैठकले जिल्लाबाट २२ जना विधान महाधिवेशनमा भाग लिने प्रतिनिधि छनौट गरेको नेकपा एमाले नवलपुरका अध्यक्ष रोशनबहादुर गाहाले बताए ।

 




केन्द्रिय कमिटिबाट जिल्लामा रहेका केन्द्रिय सदस्य २ जना, केन्द्रिय परिषद सल्लाहाकार सदस्य १ जना, प्रदेश समिति सदस्य ५ जना, प्रदेश सभा सदस्य २ जना, स्थानीय तहका प्रमुख एवम् उपप्रमुख तथा अध्यक्ष एवम् उपाध्यक्ष ५ जना र जिल्लाबाट छनौट गर्ने ५ जना गरी २२ जना छनौट भएका हुन् ।

 

विधान महाधिवेशन प्रतिनिधिमा नवलपुरबाट संघीय सांसद एवम् पार्टी केन्द्रिय सदस्य तिलक महत, केन्द्रिय सदस्य रविन्द्र अधिकारी, पूर्व सांसद एवम् केन्द्रिय परिषद सल्लाहाकार सदस्य मझीलाल थारु थनेत, संविधान सभा सदस्य, प्रदेश सभा सदस्य एवम् नेकपा एमाले नवलपुर अध्यक्ष रोशनबहादुर गाहा, जिल्ला सचिव एवम् संविधान सभा सदस्य जीवन श्रेष्ठ चयन भएका छन् ।

 

त्यसैगरी जिल्लामा रहेका प्रदेश सदस्यहरु पूर्व सांसद कृष्ण पौडेल, हरि न्यौपाने, दिपक अधिकारी, कृष्ण घिमिरे र चन्द्रमणि खराल पनि छनौट भएका छन् ।

 

पूर्व सांसद एवम् नेकपा एमाले नवलपुर सचिव जीवन श्रेष्ठलाई छनौट गरिएको छ ।

 

त्यसैगरी प्रदेश सभा सदस्य जनकलाल श्रेष्ठ र लक्ष्मी सुनार, स्थानीय तहबाट छत्रराज पौडेल (गैडाकोट नगरपालिका नगर प्रमुख), चन्द्र कुमारी पुन (कावासोती नगरपालिका नगर प्रमुख), पे्रमशंकर मर्दनिया थारु (कावासोती नगरपालिका नगर उपप्रमुख), स्वतन्त्र कोपिला मल्ल (हुप्सेकोट गाउँपालिका उपाध्यक्ष), पार्वता तिवारी (देवचुली नगरपालिका उपप्रमुख) पनि स्वतः प्रतिनिधि छनौट अन्तरगत परेका छन् ।

 

जिल्लाले छनौट गर्नेमा निर्वाचन क्षेत्र नं. १ बाट यमुनाथ आचार्य र महिला सीता पंगेनी, २ बाट पदमराज लम्साल र महिला पद्मा जिसी श्रेष्ठ र जिल्लाको भुगोलबाट पूर्णप्रकाश विक छनौट भएको एमाले अध्यक्ष गाहाले बताए ।

 

नेकपा एमालेको विधान महाधिवेशन असोजको १५ देखि १७ गते सम्म काठमाडौंमा हुँदै छ ।

 

विधान महाधिवेशन प्रतिनिधिमा युवा, भूगोलको प्रतिनिधित्व केही छुट भएको र पछि मनोनयन गर्ने १० प्रतिशतमा त्यसलाई समावेश गर्ने निर्णय समेत भएको जिल्ला कमिटी सदस्य बाबुराम पाण्डेले जानकारी दिए ।

केन्द्रले जम्मा प्रतिनिधि मध्य १० प्रतिशत मनोनयन गर्ने छ । सो क्रममा यसलाई समावेश गर्ने जनाईएको उनले बताए ।



सम्बन्धित
Loading...