महेन्द्रध्वज जिसीको उपस्थितिमा मध्यविन्दुमा गुरुङ नेतृत्वको अर्को प्यालन घोषणा


 



कावासोती । नेपाली काङ्ग्रेसको यहि असोज ९ गते सम्पन्न हुन गई रहेको पालिका अधिवेशनका लागि मध्यविन्दु नगरपालिकामा कुलबहादुर गुरुङको नेतृत्वमा पदाधिकारी सहितको प्यानल बनाएर उम्मेदवारी घोषणा गरिएको छ ।

 

काङ्ग्रेस नेता एवं संविधान सभा सदस्य महेन्द्रध्वज जिसिको उपस्थितिमा बिहिबार चोरमारामा कार्यक्रम आयोजना गरेर मध्यविन्दु नगरपालिका वडा नं १२ का अध्यक्ष समेत रहेका कुलबहादुर गुरुङको नेतृत्वमा पदाधिकारीको प्यानल बनाएर उम्मेदवारी घोषणा गरिएको हो ।

 




गुरुङले नगर सभापतिमा उम्मेदवारी दिने गरि घोषणा गरिएको प्यानलको उपसभापतिमा योगमाया महतो र हिराध्वज कुमाल, सचीवमा कृष्ण भण्डारी र रामचन्द्र थापा ( विशाल) , सहसचिवमा केवल प्रसाद नेपाल ( सुनिल) र रामप्रसाद ढकाल रहेका छ्न ।

 

उम्मेदवारी घोषणा कार्यक्रममा तरुण दलका जिल्ला सभापति एवं काङ्ग्रेस महाधिवेशन प्रतिनिधि सुर्य गुरुङ, मध्यविन्दु नगरपालिका कि उपप्रमुख ओमकुमारी महतो लगाएतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

 

यस अघि मध्यविन्दु नगरपालिकाको नयाँ नेतृत्वका लागि मंगलबार वर्तमान नगर सभापती दोमन भण्डारीले प्यानल सहित आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।



सम्बन्धित
Loading...