काँग्रेस गैडाकोटमा यसरी हुँदैछ सर्वसम्मतको प्रयास, सभापतिमा ४ जना आकांक्षी




गैँडाकोट । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नगर तहको निर्वाचन असोज ९ गते हुनेछ ।

 

बुधबार नेपाली काँग्रेसको केन्द्रीय पदाधिकारीको बैठकले नगरतहको अधिवेशन दशैँ अघि नै हुने निर्णय गरेको छ । तालिका अनुसार नै निर्वाचनको संकेत देखिएपछि नवलपुरमा पनि काँग्रेसको महाधिवेशनको रन्को तातेको छ ।

 




नेपाली काँग्रेस गँैडाकोट नगरसमितिको सभापति पदमा चार जना आंकाक्षी मैदानमा उत्रिएका छन् । नगर अधिवेशनलाई सर्वसम्मत गराउन नगर सभापति तारापति खरेलको संयोजकत्वमा समिति गठन भएको थियो ।

 

सर्वसम्मत गराउन विहीबार बैठक बसे पनि बैठकले कुनै निष्कर्ष निकाल्न सकेको छैन । समितिको बैठक शुक्रबार पुनः विहान बस्ने गरि सकिएको बैठकमा सहभागि एक सदस्यले बताउनुभएको छ ।

 

बैठकमा सहभागि सदस्यहरुले व्यक्ति विशेषको पक्षमा बोल्न नसकेपछि बैठकले कुनै निष्कर्ष निकाल्न सकेको छैन । सहमतिको संवाद बनाउन गठन भएको समितिका सदस्यहरु नै प्रदेश र जिल्लामा आंकाक्षी भएपछि उनिहरुका लागि व्यक्ति विशेषका लागि बोल्न कठिन देखिएको छ । अहिलेसम्मको चुनावी सरगर्मीले निर्वाचन नै हुने संकेत बढाएको छ ।

 

नवलपुरका अन्य पालिकामा खुलेर नै प्यानल घोषणा भएपनि गैँडाकोटमा अहिलेसम्म उम्मेदवारहरु खुलेरै प्यानल सार्वजनिक गर्न सकेका छैनन् ।

 

नेपाली काँग्रेसको नगर सभापति पदका लागि खेमराज सापकोटा, खगराज सापकोटा, बद्री सापकोटा र नरहरि सापकोटाले आंकाक्षा देखाएका छन् । सामाजिक सञ्जाल र क्षेत्रिय प्रतिनिधिसंग भेटघाट गरेर उनिहरुले निर्वाचनको तयारीका लागि तीव्रता दिइरहेका छन् ।

 

यसैगरी उपसभापति पदमा रोशनभक्त अधिकारी, कविराज आचार्य र राजेश श्रेष्ठले आंकाक्षा राख्दै सामाजिक सञ्जालमा प्रचार तीव्र पारेका छन् ।

 

सचिव पदमा अहिलेसम्म चार जना आंकाक्षी देखिएका छन् । सचिव पदमा युवा वर्गको आकर्षण देखिन्छ । सचिव पदमा नेपाली काँग्रेसका नेताहरु गोविन्द घिमिरे, कृष्णमुरारी खनाल, हरिराम सापकोटा र धनिश्वर गौतमले आकांक्षा प्रकट गरेका छन् ।

 

नेपाली काँग्रेसको नगर सहसचिव पदमा अहिलेसम्म राजेन्द्र प्रसाद गौडेल, कृष्ण सापकोटा र बुद्धि न्यूरेले आंकाक्षा देखाएका छन् ।



सम्बन्धित
Loading...