त्रिशूली नदीमा कार खस्दा तीन जना बेपत्ता, एक घाइते




चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ नाग्दी खोलास्थित पृथ्वीराजमार्गबाट ३५ मिटर तल त्रिशूली नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् ।

 

बिहीबार राति ११ः४५ बजेको समयमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग२च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको थियो ।

 




खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई खोजी कार्य सुरू गरेकोमा हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

बेपत्ता हुनेमा कार चालक कास्की पोखरा महानगर १७ बस्ने वर्ष ५५/६० को प्रेमबहादुर भुजेल, कारमा सवार सोही ठाउँ निवासी ५५/५६ को लेखबहादुर भुजेल र निजकी श्रीमती वर्ष ३६ की ईश्वरी भुजेल रहेको प्रहरीले जनाएको छ ।

 

यस्तै, घाइते हुनेमा कारमा सवार कास्की जिल्ला पोखरा महानगर १७ बस्ने वर्ष ४६ को रुद्रलाल सुवेदी रहेका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।



सम्बन्धित
Loading...