प्रचण्ड पार्टीको लाइन छाडेर गुट बनाउन लागे : बादल


चितवन-



नेकपा एमालेका स्थायी समिति सदस्य रामबहादुर थापा ‘बादल’ले प्रचण्ड पार्टीको लाइन छाडेर गुट बनाउनतर्फ लागेको बताएका छन् । पार्टीको लाइन छाडेर प्रचण्ड पलायन भएको उनले बताए ।

प्रेस चौतारी चितवनले शुक्रबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बादलले भने– ‘प्रचण्ड पार्टीको लाइन छाडेर पलायन भएका हुन् । उनले फेरि नयाँ गुट स्थापना गरेका छन् । गुट गर्नेहरु दक्षिणपन्थी विचलनतिर लागेका छन् । उनीहरुले कन्फर्टेबल सरकार गठन गरेका छन् । लोकतन्त्र, राष्ट्रिय एकता र समृद्धिको यात्रामा चुनौती खडा गरेका छन् ।’




आगामी चुनावमा प्रचण्ड भर्सेज बादल हुन सक्ने उनले बताएका छन् पार्टीको निर्णय भएमा प्रचण्ड विरुद्ध चुनाव लड्न सकिने उनले बताएका हुन् । ‘यो विषयमा हाम्रो पार्टीले निर्णय गरिसकेको छैन । आगामी दिनमा चुनाव घोषणा भइसकेपछि पार्टीले निर्णय गर्छ । त्यो स्थितीमा प्रचण्ड भर्सेज बादल हुन पनि सक्छ’, उनले भने ।

आफु राष्ट्रियता र समाजवादको लाइनमा रहेको भन्दै उनले प्रचण्डले त्यो लाइन छाडेको बताए । लाइन छाड्नेहरुले राष्ट्रियतको विषयमा नयाँ चुनौती खडा गरेको उनले बताए । छिमेकी राष्ट्रहरुको कसैले पनि विरोध गर्न नपाउने भनि गृह मन्त्रालयले निकालेको विज्ञप्तीप्रति लक्षित गर्दै उनले भने–यो भनेको उहाँहरुले लिएको राष्ट्र विरोधी लाइन हो । लोकतन्त्र विरोधी लाइन हो ।

कालोधनको स्रोत खुलाउन नपर्ने भनेर सरकारले दलाल पुंजीवादलाई संरक्षण गर्न खोजेको उनले बताए । एमसीसीको विषयमा बोल्दै उनले केहि बुँदा संशोधन वा परिमार्जन गरेर मात्रै एसीसी पास गर्नुपर्ने बताए ।



सम्बन्धित
Loading...