नवलपुरमा काँग्रेसको नगर र गाउँ अधिवेशन सर्यो, ११ गते ८ वटै पालिकामा अधिवेशन हुने

नवलपुर । नेपाली काँग्रेस नवलपुरको नगरपालिका र गाउँपालिकाको अधिवेशन सरेको छ ।
असोज ९ अर्थात शनिबार हुने भनिएको अधिवेशन दुई दिन पछाडि अर्थात असोज ११ गते सोमबारलाई सारिएको नेपाली काँग्रेस नवलपुरका सचिव बालकृष्ण घिमिरेले बताए ।
निर्वाचनका लागि तयारी नपुगेको भन्दै अधिवेशन सारिएको हो ।
सचिव घिमिरेले नवलपुरका ८ वटै पालिकाको अधिवेशन असोज ११ गते सोमबारलाई सारिएको हो । आठ वटै पालिकाको अधिवेशन असोज ११ गते सोमबार एकै पटक हुने छ ।
सोही अनुसार निवार्चनको तयारी गर्न पालिका स्तरका निर्वाचन मण्डललाई जानकारी पठाइएको पनि उनले बताए ।