घटेन नदीजन्य वस्तुको दोहन, दुम्किबासबाट एकैसाथ २८ वटा ट्याक्टर बरामद

रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीमा नदी जन्य वस्तुको चोरी तथा दोहन व्यापक बढेको पाइएको छ ।
स्थानीय तह अर्थात स्थानीय सरकारको मुख्य आम्दानीको स्रोत मानिने नदीजन्य वस्तुको बेलैमा ठेक्का नखोल्नु र चोरी तथा दोहन नियन्त्रणमा स्थानीय सरकारको ध्यान नपुग्दा चोरीका घटना बढेका हुन् ।
नवलपुरको कावासोतीको केरुङ्गे खोला, पत्थर खोला, मध्यविन्दु र हुप्सेकोटको गिरुवारी खोला, मध्यविन्दुको अरुणखोला, विनयी त्रिवेणीको विनयी खोला लगायतका क्षेत्रमा नदी जन्य वस्तुको दोहान बढेको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय नवलपुर र इलाका प्रहरी कार्यालय दुम्किबासको संयुक्त प्रहरी प्रहरी टोलीले विनयी खोलाबाट २८ वटा ट्याक्टर बरामद गरेको छ ।
विनयी त्रिवेणी गा.पा. वडा नं. २ विनयी खोला बाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन एवम् चोरी निकासी गर्दै गर्दा गएराति १२ बजेको समयमा २८ वटा निम्न ट्र्याक्टरहरु फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सम्बन्धित कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
बरामद ट्याक्टरहरुको विवराण
सि.न. ट्याक्टर नम्बरहरु
१ लु ३ त ७६३९ २
२ लु ४ त २४९४
३ लु ४ त २५४०
४ लु ४ त ५५२६
५ लु ३ त ६२३४
६ रा १ त ३०००
७ प्र.२–०३–००१ त २६५५
८ लु २ त २२३८
९ लु २ त ७७५८
१० ना ७ त ३०६९
११ लु ४ त २२३६
१२ ना ६ त ९०५८
१३ लु ३ त ६००९
१४ लु २ त ९६१५
१५ प्र.२–०३–००१त २५७१
१६ लु ४ त ७४६८
१७ अन टेष्ट
१८ अन टेष्ट
१९ नम्बर नखुलेको
२० नम्बर नखुलेको
२१ लु ४ त १२३६
२२ लु ३ त ४६५०
२३ लु ४ त ३४६७
२४ नम्बर नखुलेको
२५ लु २ त ४६७५
२६ लु ३ त ४००४
२७ लु ३ त ७५२५
२८ नम्बर नखुलेको