गैँडाकोटमा खेमराज सापकोटाको नेतृत्वमा प्यानल घोषणा




गैँडाकोट । गैँडाकोटमा खेमराज सापकोटाको नेतृत्वमा नेपाली कांग्रेसको गैँडाकोट नगर कार्यसमितिको प्यानल घोषणा भएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेपाली कांग्रेसको गैँडाकोट नगर सभापति पदका लागि खेमराज सापकोटा, उप सभापति पदका लागि रोशनभक्त अधिकारी र राजेशकुमार श्रेष्ठ, सचिवमा गोविन्द घिमिरे र हरिराम सापकोटा, सह सचिवमा कृष्ण मुरारी खनाल र गणेश खरालको उम्मेदवारी घोषणा भएको हो ।




नगरमा सर्वसम्मतको प्रयास जारी रहँदा सापकोटाको नेतृत्वमा प्यानलको घोषणा भएको हो । जिल्लामा सबै भन्दा धेरै क्रियाशील सदस्य भएको गैंडाकोटको नगरको निर्वाचनलाई महत्त्वका साथ हेरिएको छ ।

नगर कार्य समितिका पदहरुमा आकांक्षी धेरै देखिएपछि सर्वसम्मत गराउन वर्तमान सभापति तारापति खरेलको संयोजकत्वमा नेताहरु मदनभक्त अधिकारी, गजेन्द्र आले, ओमप्रसाद सापकोटा र विष्णुकुमारी कंडेल रहेको ५ सदस्यीय समिति गठन गरिएको छ ।

 

नेपाली कांग्रेस गैँडाकोटका नगर सभापति तारपाति खरेलले नेतृत्व चयन सर्वसम्मत गराउन प्रयास जारी रहेको बताउनुभएको छ ।



सम्बन्धित
Loading...