देवचुलीमा रविलाल सापकोटाको नेतृत्वमा उम्मेदवारी घोषणा




देवचुली । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनको देवचुली नगर कार्यसमितिको अधिवेशनका लागि रविलाल सापकोटाको नेतृत्वमा उम्मेदवारी घोषणा गरिएको छ ।

 

शनिबार दलदलेमा एक कार्यक्रमको आयोजना गरि सापकोटाको नेतृत्वमा उप–सभापतिमा हरिभक्त भट्टराई, गौरीश्वर न्यौपाने, सचिवमा ईश्वर रेग्मी,भूपराज पाठक र स–सचिवमा तनुजा चौधरी, खेम सारुले उम्मेदवारी घोषणा गरेका छन् ।

 




कार्यक्रममा नेपाली काँग्रेस देवचुली नगर सभापति पूर्णकुमार श्रेष्ठ, जिल्ला सदस्यहरु, नगर कमिटिका पदाधिकारीहरु लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

 

अधिवेशन असोज ११ गते सोमबार हुने नेपाली काँग्रेस स्रोतले बताएको छ ।



सम्बन्धित
Loading...