नवलपुरमा छ क्वीन्टल अवैद्य युरिया मल बरामद

ज्ञानु पंगेनी –
कावासोती , असोज १० –
नवलपुरको दुम्किवासबाट प्रहरी अवैद्य रुपमा ल्याउँदै गरेको युरिया मल बरामद गरेको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तरगत बिनयी त्रिवेणी गाउँपालिका एक दुम्किवास बजारमा ईलाका प्रहरी कार्यालय दुम्किवासका प्रहरी नायव निरिक्षक भवानी प्रसाद धमलाको कमाण्डमा खटिएको प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ ख ९३९४ नं बसमा शंका लागेर चेकजाँच गर्दा मल बरामद गरेको हो ।
अवैधरुपमा ल्याईएको बेवारिसे अवस्थामा रहेको छ क्वीन्टल (१२ बोरा ,प्रति बोरा ५० किलो) युरिया मल बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद मल ईलाका प्रहरी कार्यालय दुम्किवासमा राखिएको छ ।