नवलपरासी कांग्रेसमा शशांक गुटको वर्चस्व




हरि शर्मा –
परासी, १० असोज।  पश्चिम नवलपरासी कांग्रेसमा महामन्त्री शशांक गुटको वर्चस्व देखिएको छ । १४ औं महाधिवेशन अन्तरगत शनिबार भएको गाउँ/नगर अधिवेशनको परिणामले सभापति एंव प्रधानमन्त्री शेर बहादुर देउवाको गुट कमजोर देखिएको छ ।

 

केन्द्रीय गुटभन्दा पनि जिल्लाका नेताहरुको गुटबीच प्रतिस्पर्धा हुँदै आएको छ । जिल्लामा प्रतिनिधि सभा सदस्य एंव कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलको एक गुट छ भने संविधानसभा सदस्यद्धय विक्रम खनाल र देवकरण जयसवाल (सन्तु)को अर्को संयुक्त गुट छ ।

 




पार्टीमा स्व. खुम बहादुर खड्का समूहका कँडेल देउवा गुटका हुन । जयसवाल र खनाल रामचन्द्र पौडेल समुहको शशांक गुटका हुन् । नेताअनुसार जिल्लामा कार्यकर्ताहरु विभाजित छन् ।

 

जिल्लाका ७ स्थानीय तह छन् । आइतबार बिहानसम्म ६ वटा पालिकाको परिणाम आएको छ । परिणामअनुसार २ नगरपालिका र २ गाउँपालिकामा खनाल÷जयसवालको गुटको समुह निर्वाचित भएको छ ।

 

२ गाउँपालिकामा कँडेल गुटको समुह निर्वाचित भएको छ । खनाल÷जयसवाल गुट बिजय भएका पालिकाहरुमा क्रमशः सुनवल नगरपालिकामा सभापतिका उमेदवार सोमबहादुर रायमाझी (पप्पु) ले प्रतिस्पर्धी खेमराज पाण्डेलाई १ सय २७ मतान्तरले हराए ।

 

बर्दघाट नगरपालिकामा सभापतिका उमेदवार दामोदर जिसीले प्रतिस्पर्धी शम्भुलाल श्रेष्ठलाई ५८ मतान्तरले हराए ।

 

त्यस्तै सुस्ता र प्रतापपुर गाउँपालिकामा भने सर्वसम्मत भई खनाल÷जयसवालको गुट आएको छ ।

 

कँडेल गुट बिजयी भएको सरावल गाउँपालिकामा अध्यक्षका उमेदवार विनोद पाण्डेले प्रतिस्पर्धी इन्द्र बहादुर चौधरीलाई ३६ मतान्तरले हराए ।

 

त्यस्तै पाल्हीनन्दन गाउँपालकामा अध्यक्ष हरिहर चौहानले प्रतिस्पर्धी गुड्डु गुप्तालाई ५१ मतले हराए । परिणाम आउन बाँकी रहेको रामग्राम नगरपालिकामा भने साढे ११ बजेदेखि मतदान सुरु छ ।

 

अधिवेशनका लागि जिल्लामा १३ सय ४३ जना क्षेत्रिय प्रतिनिधिहरु चुनिएको निर्वाचत अधिकृत बाबुराम पाण्डेले जानकारी दिए ।

 

पालिकाहरुको परिणामअनुसार जिल्ला नेतृत्वमा खनाल÷जयसवाल गुटको पकड बलियो देखिएको छ ।

 

जिल्ला सभापतिमा कँडेल गुटले शिक्षक संघका पूर्व अध्यक्ष मोहन शर्मा र खनाल र जयसवाल गुटले वर्तमान जिल्ला उपसभापति अर्जुन कुमार पोखरेललाई अघि सारेका छन् ।

 

यद्यपी सभापतिका लागि महाधिवेशन प्रतिनिधिमा चयन हुनु पर्ने प्रावधान रहेकाले दुवै जनाको उमेदवारी चर्चामा मात्र सिमित छ ।



सम्बन्धित
Loading...