कावासोतीमा सुरु ग-यो हानामी क्यारियर काउन्सेलिङ्ग सेन्टरले सेवा

कावासोती , असोज १० –
हानामी क्यारियर काउन्सेलिङ्ग सेन्टरले आईतबारदेखि नवलपुरको कावासोतीमा आफ्नो सेवा सुरुआत गरेको छ ।
कावासोती थानाचोकमा शाखा कार्यालयको आईतबार उद्घाटन गरिएको छ । चितवनमा मुख्य कार्यालय रहेको हानामीको कावासोती स्थीत शाखा कार्यालयको केन्द्रीय कार्यालय प्रमुख किशोर सुवेदीले रिबन काटेर उद्घाटन गनुभयो ।
उहाँले जापान गएर अध्ययन गर्न ईच्छुक विद्यार्थीहरुलाई हानामीले परामर्श गर्दै आएको बताउनुभयो । हानामीबाट परामर्श लिएका धेरै विद्यार्थीहरु कोभिड – १९ संक्रमणले सिमा बन्द रहेको कारण भिषा लगाएर तयारीमा रहेको बताउनुभयो ।
कोभिडका कारण भएका व्यवसाय समेत बन्द भएको अवस्थामा हानामीले नयाँ शाखा नयाँ ठाउँमा विस्तार गर्नु यहाँका विद्यार्थीहरुलाई सहज होस् भन्ने उदेश्य रहेको बताउनुभयो ।
कावासोती र यहाँका अन्य स्थानीय तहबाट कोहि दिनहु , कोही चितवनमा कोठा लिएर पढ्न बस्नुपर्ने बाध्यता छ ।
यस किसिमको बाध्यतालाई अन्त्य गर्नका लागि कावासोतीमा हानामीले सेवा विस्तार गरेको उहाँले बताउनुभयो ।
विद्यार्थी र अभिभावकलाई यथार्थ जानकारी दिएर वैदेशिक शिक्षाको यात्रा सफल बनाउने अभियानमा आफुहरु लागेको उहाँले बताउनुभयो ।
यस्तै हानामी कावासोती शाखाका प्रमुख प्रकाश भट्टराईले जापान गएर अध्ययन गर्न चाहेका कावासोती र आसपास क्षेत्रका विद्यार्थीहरुलाई अन्यत्र गएर अध्ययन गनुपर्ने बाध्यता हानामीले अन्त्य गर्ने कोशिमा लागेको बताउनुभयो । अनुभवी र दक्ष प्रशिक्षकबाट राम्रो नतिजा ल्याउने गरि सेवा प्रदान गर्नतर्फ आफुहरु सधैँ दत्तचित्त भएर लाग्ने उहाँले जोड दिनुभयो ।
हानामीले गत आठवर्षदेखि भरतपुरबाट निरन्तर रुपमा सेवा दिदैँ आएको छ । यसको काठमाण्डौँ , ठाँडी , पर्सा , पोखरा लगायतका सहरमा पनि शाखा विस्तार भईसकेको छ ।