देवचुलीमा दुई प्यानलबीच उमेद्वारी, निर्वाचन भाेलि

नेपाली काँग्रेस देवचुली नगर कार्य समिति चयन गर्न चुनाव हुने भएको छ ।
आज भएको मनोनयन दर्तामा दुई प्यानलले उम्मेदवारी दर्ता गराए ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार १ सभापति पदका लागि २ जना, २ उपसभापति पदका लागि ४, दुई सचिव पदका लागि ५ जना र २ सहसचिव पदमा ३ जनाको उम्मेदवारी परेको छ ।
सभापतिमा डिल्लीराम कडरिया र रबिलाल अधिकारीले मनोयन दर्ता गर्नुभएको छ ।
उपसभापतिमा कडरिया पक्षवाट भोजेन्द्रवहादुर रामाझी र पुरुषोत्तम गैरे तथा सापकोटा प्यानलबाट गौरीशंकर न्यौपाने र हरिभक्त भटराईले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
सचिवमा कडरिया प्यानलबाट देबेन्द्र भटराई र सुन्दर पाण्डे तथा सापकोटा प्यानलबाट ईश्वर रेग्मी र भूपराज पाठक उम्मेदवार बन्नुभएको छ ।
सचिवमा स्वतन्त्र उम्मेदवार राकेश बिकले मनोनयन दर्ता गर्नुभएको छ ।
यस्तै, सहसचिवमा दुबै प्यानलमा रहनुभएकी तनुजा महतो सहित कडरिया प्यानलबाट फटबहादुर सुनार र सापकोटा प्यानलबाट खेम सारुले उम्मेदवारी दर्ता गरायनुभएको छ ।
देवचुलीमा निर्वाचन भोली हुने जनाईएको छ ।