श्रीमानले लठ्ठीले हिर्काएर श्रीमतीको हत्या




अर्घाखाँचीको सन्धिखर्कमा श्रीमानले लठ्ठीले हिर्काएर श्रीमतीको हत्या गरेका छन् ।

 

जिल्लाको सन्धिखर्क नगरपालिका–७, खाँचीकोटका विष्णु विकले ३५ वर्षीय श्रीमती सीता विकको हत्या गरेका हुन् ।

 




जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीकाअनुसार मंगलवार राती खाँचीकोटमा दुवैजनाले सँगै बसेर मदिरा पिएका थिए । त्यहीबेला उनीहरुबीच झगडा भएको थियो ।

 

मदिरा पिएका बेला विष्णुले सीतामाथि लठ्ठी प्रहार गरेर हत्या गरेको प्रहरी निरिक्षक सुजन विक्रम शाहले बताए ।

 

हत्या गरेको आरोपमा प्रहरीले विष्णुलाई नियन्त्रणमा लिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



सम्बन्धित
Loading...